जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

