जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनबाट खरिद गरिएको थप ३२ लाख मध्ये पहिलो चरणमा आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । नेपाल वायुसेवा निगमको जहाजबाट अपरान्ह २ बजे सो परिमाणको खोप आइपुग्ने बताइएको छ ।

सो खोपलाई प्रदेश १, कर्णाली तथा सुदुरपश्चिमका प्रदेशमा वितरण गरिने तयारी भएको राष्ट्रिय खोप अभियानका संयोजक डा. झलक गौतमले बताउनुभयो ।
यसअघि चीनबाट आयात गरिएको भेरोसेल खोप अभियान प्रदेश २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा संचालन गरिएको थियो ।
सरकारले गत महिना चीनको सिनोफार्म कम्पनीसंग ४० लाख डोज भेरोसेल खोप खरीद गर्ने सम्झौँता गरेको थियो । त्यसमध्येको ८ लाख डोज खोप गत २५ असारमै आइपुगेको छ । बाँकी ३२ लाख डोज खोप लिन नेपाल एयरलायन्सको विमानले आजको सहित शनिबारसम्म काठमाडौँ बेइजिङको ३ वटा उडान भर्नेछ ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

