जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक हप्ताको अवधिमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढेकोमा चिन्ता व्यक्त गरेको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा मन्त्रालयसहित व्यक्ति, नागरिक समाज, संघ, संस्था गैरसरकारी तथा सरकारी क्षेत्रसहित सबै सरोकारवालाहरुको हातेमाले भई अघि बढ्न आवश्यक रहेको उल्लेख गरिएको छ ।
‘सबै क्षेत्र लागि पर्दा समेत यो संक्रमण जति घट्नु पर्ने हो, त्यति घट्न सकिरहेको छैन, विज्ञप्तीमा भनिएको छ–‘हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उलंघन भैरहेको देखिन्छ ।’
‘विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ, विज्ञप्तीमा भनिएको छ–‘पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् भने दुई सयभन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाहरु २६ वटा छन् । जसमा अघिल्लो हप्ताको तुलनामा धेरै जिल्ला थपिएका छन् ।’
मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालन गर्न र गराउन अनुरोध गरेको छ ।
विज्ञप्तीमा सम्पूर्ण आमसमुदायलाई आ–आफ्नो पालोमा खोप लगाउन तथा पालो आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा आधिकारिक परिचय पत्रका साथ जान तथा खोप केन्द्रहरुमा पनि जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अनुरोध गरिएको छ ।
‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुले अक्सिजन, शैया लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्नु हुन अनुरोध समेत छ, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
