जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो। सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार अब कलेजमा नियमित शल्यक्रिया हुनेछ। यस विभागको नेतृत्व प्रा डा अनिल आचार्यले गरेका छन्। दश वर्ष काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा काम गरिसकेका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको हो।
आचार्यसँगै कार्डियक सर्जन डा अल्का सिंहसहितको टोली रहेको छ। टोलीले सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरेको हो। आचार्यले भन्नुभयो-'मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो। जन्मजात यो समस्या भएकी २४ वर्षीया युवतीको सफल शल्यक्रिया गरिएको हो।'
अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो हामी यहाँ गङ्गालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं।
यो सेवा राजधानी केन्द्रीत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उनले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताउनुभयो। मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उहाँले सरकारले दिने रु एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाइने जानकारी दिनुभयो ।
सरकारले काठमाडौंको गङ्गालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्राडा आचार्यले भँन्नुभयो -'यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ।ु मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उहाँले भन्नुभयो म सेवा विकेन्द्रित गर्न चितवन आएको हुँ।' रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
