जनस्वास्थ्य सरोकार, बेइजिङ । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गर्नुभएको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो । चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले सो योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै त्यसलाई चीनले स्वीकार्न नसक्ने बताउनुभयो ।
सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । उक्त समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।
कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिनुभएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
