जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ४ स्थानबाट कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र वितरण गर्ने भएको छ ।

वैदेशिक रोजगारमा जाने कामदारले खोप लगाएको प्रमाणपत्र लिन सास्ती पाएको चौतर्फी आलोचना पछि मन्त्रालयले आजबाट सहजीकरण गर्न लागेको हो ।
यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र प्रमाणपत्र वितरणको व्यवस्था गरिएको थियो । आजदेखि नयाँ बानेश्वरको मिनभवनस्थित नागरिक अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सेवा थप गरिएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

