जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले क्याप्टेन राकेश ज.ब.राणाको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको ठहर गरेको छ ।
क्याप्टेन राणाकी श्रीमती पुष्पा शाह राणाले ४ चैत्र २०७७ मा चिकित्सकीय लापरवाहीका कारण श्रीमानको मृत्यु भएको भन्दै नेपाल मेडिकल काउन्सिलमा दिएको उजुरीका आधारमा भएको छानविन पछि सो ठहर गरेको हो । राणाको उपचारमा मुटुरोग विशेषज्ञ डा.ऋषि खत्री लगायतका स्वास्थ्यकर्मी संलग्न थिए ।
काउन्सिलले डा. खत्रीलाई एक वर्ष सम्म काम गर्न नपाउने गरी कारबाही गरेको छ । काउन्सिलका अनुसार एकवर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरे पश्चात मात्र मुटुरोगको उपचार गर्न गराउन अनुमति दिने निर्णय गरेको छ ।
विमान चालक पाइलटहरुको स्वास्थ्य परीक्षण गराउँदा सम्बन्धित विषयको दर्तावाला तथा विज्ञ चिकित्सकबाट परीक्षण गराउने, विज्ञ पहिचानमा कुनै सहयोग आवश्यक भए काउन्सिलमा सम्पर्क गर्न निर्देशन दिएको छ ।
त्यस्तै ४० वर्ष उमेर पुगेका पाइलटहरुको स्वास्थ्य परीक्षणलाई थप कडाइ गरी विषयविज्ञको राय बमोजिम गर्न समेत निर्देशन दिएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
