
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बर्षेनी करिब २० अर्ब रुपियाँ भन्दा बढीको अत्याधुनिक मेडिकल र सर्जिकल सामग्रीको कारोबार गर्ने ५०० भन्दा बढी व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन अफ नेपाल (केमसान) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोख्रेलको सफल एवं सार्थक कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधानका लागि पहल गरिदन अनुरोध गरेको छ ।

साथै केमसानले दुरगामी महत्वका कार्यहरु अगाडि बढाउन समेत सचिव डा. पोख्रेलसँग आग्रह गरेको छ ।

साथै नेपाल सरकारका सम्बन्धित निकायहरुसँग सहकार्य गरी सुपथ एवं सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन केमसान सदैव तयार रहेको केमसानका अध्यक्ष सुरेश घिमिरेले स्पष्ट पार्नुभएको छ । आज उद्योग बाणिज्य महासंघका सदस्य एवं केमसानका निवर्तमान अध्यक्ष भक्त हमाल, वर्तमान अध्यक्ष सुरेश घिमिरेलगायत केमसानका पदाधिकारीहरुले डा. पोख्रेलको कार्यकक्षमा पुगेर शुभकामना दिनुभएको थियो ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
