जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको बताउँदै खोप लगाउन ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्नेछन् । सर्वसाधारणले https://vaccine.mohp.gov.np गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।
प्रकाशित मिति: आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

