
जनस्वास्थ्य सरोकार, काठमाडौँ । केही देशमा कोभिड-१९ विरुद्ध खोप लिएको प्रमाणस्वरूप कागजपत्र प्रयोग गर्न लागिएको छ । त्यस्तो प्रमाणपत्रलाई साङ्केतिक रूपमा 'खोप पासपोर्ट' भनिने गरेको छ ।
यो वास्तविक राहदानी होइन । कुनै व्यक्तिले खोप लिए नलिएको, उसलाई संक्रमण नभएको वा वितग ६ महिनामा निको भएको देखाउने एउटा प्रमाणपत्र हो ।
यात्रा गर्न, ठूला कार्यक्रममा सहाभागी हुन तथा कहिलेकाहीँ रेस्टुराँ र बार जान, चलचित्र हेर्न जादाँ पनि त्यस्तो प्रमाणपत्र अनिवार्य बनाइन सक्छ ।
तर खोप पासपोर्टबारे सबैको धारणा एक छैन, केही पक्ष असन्तुष्ट पनि छन् ।
विश्व स्वास्थ्य संगठनलाई त्यसले खोप आपूर्तिलाई असमान बनाइदिन्छ कि भन्ने डर छ । न्यून आय भएका देशमा कोभिड खोपको केबल ०.५ प्रतिशत मात्र पुगेको छ ।
यसका अलवा चिन्ता गनुपर्ने अन्य कुराहरु पनि छन् । केहि मानिसले केही काम गर्न सक्ने तर अरुले त्यो गर्न नसक्ने हुँदा समाज असमान हुने सम्भावना हुन्छ ।
स्वास्थ्य सम्बन्धि विशेष समस्या भएका केही मानिसले सुरक्षित रुपमा खोप लिन सक्दैनन् । अनि भाइरस फैलिन रोक्न सबै खोप कति प्रभावकारी छन भने अझै स्पष्ट छैन ।
केही देशले यात्राका लागि प्रावधान राख्न थालिसकेका छन । इयूले डिजिटल प्रमाणपत्र बनाउन खोजेको छ । विदेशी यात्रीले आफूले खोप लिएको डिजिटल प्रमाण देखाउन् भनेर दक्षिण कोरियाले एउटा एप बनाउने घोषणा गरिसकेको छ । तर, एप बारे गोपनियताको प्रश्न पनि छ । बीबीसीबाट
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
