जनस्वास्थ्य सरोकार, गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताउनुभएको छ ।
नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनःउत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटन व्यवसायीका लागि रु एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गर्नुभएको छ ।
पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो । कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उनले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रम¬ख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुलशर्मा पौडेल लगायतले मन्त्री शर्मालाई स्वागत गरेका थिए । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
