जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ३३ लाख बढीले कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३३ लाख ८३ हजार ३८ जनाले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका हुन ।
त्यस्तै १३ लाख ९८ हजार १ सय ६८ जनाले पूर्ण मात्रा लगाइसकेको मन्त्रालयले जनाएको छ । जसमध्ये कोभिसिल्ड खोपको पहिलोमात्रा लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ रहेको छ भने दुबै मात्रा लगाउने ४ लाख ६० हजार ३ सय ८ जना रहेका छन् ।
यस्तै भेरोसेलको पहिलो मात्रा १५ लाख ५४ हजार ५ सय ५४ जनाले लगाएका छन् भने ६ लाख ९४ हजार ५ सय ५५ जनाले दोश्रो मात्रा लगाएका छन् ।
अमेरिकाले अनुदानमा उपलब्ध गराएको जानसन एण्ड जोनसन कम्पनीको कोभिड विरुद्धको खोप लगाउनेको संख्या हालसम्म २ लाख ४३ हजार ३ सय १५ रहेको मन्त्रालयले जनाएको छ । यो खोप एक मात्रा लगाए पुग्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
