जनस्वास्थ्य सरोकार, काठमाडौँ । दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् ।
सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो ।
‘दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भिडभाडमा काम गर्नुपर्ने हुन्छ । पहिलो प्राथमिकता दिइ खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले अत्यावश्यक क्षेत्रका रुपमा राखिएका अन्य क्षेत्रका व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराए तापनि दुग्ध क्षेत्रलाई नदिइएकोप्रति गुनासो गर्नुभएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमितका सङ्ख्यामा वृद्धि भएको जनाउँदै तत्काल दुग्ध क्षेत्रका संलग्नलाई खोप उपलब्ध गराउन उनको माग छ ।
यस क्षेत्रमा लागि मात्रै करीब पाँच लाख ५० हजार मात्रा खोप आवश्यक रहेको बताइएको छ । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
