
‘कोरोना पोजेटिभ आएकाले घरमा बसेँ । कसैले पनि छुन नहुने टाढाबाट हेर्ने मात्र । त्यही बीचमा डायरिया भयो । हातखुट्टा टेकेर बाथरुम गएँ । न श्रीमती, न छोराछोरी घरका कसैले पनि माया गरेनन् । टाढैबाट अ¥हाउँछन् मात्र । टाढैबाट खाना दिन्छन् । एकातिर रोगले च्यापेको छ अर्कोतिर मानसिक तनाव । यो रोग कस्तो अछुतो रहेछ ।’— कोभिड संक्रमण भएपछि एकजना चिनेका व्यक्तिले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेलाई गुनासो सुनाएका थिए । यो एक प्रकारको अछुतो रोग जस्तै हो । कोरोनाले मिर्गौला रोगीहरुलाई चाँडै आक्रमण गर्छ । कोरोना र मिर्गौला रोगबारे डा. काफ्लेको भनाइ उहाँको आफ्नै शव्दमा ।
कोरोना भाइरसले मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज (सिकेडी), मिर्गौला प्रत्यारोपण गरेका र डायलाईसिसमा रहेका व्यक्तिहरुलाई चाँडै आक्रमण गर्छ र व्यक्तिको ज्यानसमेत लिनसक्छ । यस्ता बिरामीहरुमा रोग सँग लड्ने क्षमता कमजोर हुने भएकाले उनीहरु कोरोनाको जोखिम वर्गमा पर्छन् ।
मिर्गौलाका बिरामीहरुले इम्युनोसप्रेसिभ आदि औषधिहरु सेवन गरिरहेका हुन्छन् । प्रेसर, डायबिटिज, नेफ्राइटिस, औषधिको सेवनलगायत विभिन्न कारण मिर्गौलाको दीर्घ रोग भएकाहरुमा रोगसँग लड्ने क्षमता निकै कमजोर हुन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले इम्युनोसप्रेसिभ लगायतका औषधिहरु सेवन गर्नुपर्ने भएकाले उनीहरुमा पनि रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।

कोरोना संक्रमणले अझै रोग सँग लड्ने क्षमता कमजोर बनाउने भएकाले शरीरमा डबल इम्युनो सप्रेसन हुँदा कम्लिकेसन आउनसक्ने बढी सम्भावना हुन्छ । प्रत्यारोपण गरेका व्यक्तिहरुले चिकित्सकको सल्लाह बमोजिम ट्याक्रोलोमस ा औषधि तत्काल छोड्नुपर्छ । डायलाईसिस गरिहेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता कममजोर भइरहेको हुन्छ । उनीहरुले बाँच्नकै लागि हप्तामा २ देखि ३ पटकसम्म डायलाईसिस गर्नुपर्छ । कतिपय बिरामीहरु डायलाईसिस गर्दा खाने गर्छन् । तर अहिलेको कोभिड महामारीमा डायलाईसिस गर्दा नखाएकै राम्रो हुन्छ किनभने मास्क झिकेर खानुपर्ने भएकाले अस्पतालका कर्मचारीहरुबाट पनि कोरोना रोग सर्ने अत्यधिक सम्भावना रहन्छ ।
प्रत्यारोपण गरेकाहरुमा कोरोना संक्रमण भएमा मृत्यु हुनसक्ने सम्भावना बढी हुन्छ । कोरोना कालमा डायलाईसिस गरेर बस्दा पनि मृत्यु हुने संभावना अधिक हुन्छ ।
वैज्ञानिहरुले भन्ने गरेका छन्—‘तिमीले राम्रो व्यवस्थापन गरेर प्रत्यारोपण गर्न सक्छौ भने कोरोना कालमा पनि प्रत्यारोपण गरेमा फरक पर्दैन । तर जोखिम बढी भएमा प्रत्यारोपण गर्न हुँदैन । अहिलेको कोरोना कहरमा प्रायः सबै ठाउँमा मिर्गौला प्रत्यारोपण सेवा बन्द छ । गत वर्ष कोरोना महामारीमा पनि ७—८ महिना जति मिर्गौला प्रत्यारोपण सेवा बन्द भएको थियो ।
कोरोना पोजेटिभ भएर निको भएका मिर्गौलाका बिरामीहरुको संख्या पनि उल्ल्लेख्य छ । कोरोना संक्रमणले कतिपय बिरामीको स्थिति बिग्रदै गएको अवस्था पनि छ । त्यसैले यो महामारीमा प्रत्यारोपण गरेका व्यक्तिहरुलाई घरबाट नै गाइडेन्स सेवा दिनुपर्छ । आवश्यकताबाहेक अस्पताल भर्ना गर्न हुँदैन । अहिलेको अवस्था जटिल छ । कति व्यक्तिहरुलाई हामीले गुमाएका छौं । अहिले कोरोनाका कारण २० प्रतिशत मिर्गौला बिरामीहरुको मृत्यु भएको छ ।
त्रिशुलमन्त्रको मनन
भगवान शिवले हरेक संकटमा त्रिसुलको प्रयोग गरेर जित्नु भएको हो । शिवजीले त्रिशुललाई अस्त्रको रुपमा लिनुभएको थियो । अहिले पनि हामीलाई कोरोना जित्न ३ वटा मन्त्र आवश्यक छन् । एउटा व्यक्तिदेखि अर्को व्यक्ति बीच सामाजिक दूरी कायम राखेर व्यवहार गर्ने, मास्क नछोड्ने र हातधुने । यसलाई त्रिशुल मन्त्रकै रुपमा लिनुपर्छ । विश्वमा कोरोनाको तेस्रो लहर आइसक्दापनि यो बाहेक अर्को बिकल्प पाइएन । मिर्गौला फेलबाट बच्न हामीले त्रिशुल मन्त्र मनन गर्न जरुरी छ ।

सावधानी
प्रत्यारोपण गरेर इम्युनोसप्रेसिभ औषधि सेवन गरिरहेका व्यक्तिहरुले कोरोना संक्रमण भएमा डोज घटाउने वा रोक्ने भन्नेबारे चिकित्सकसँग सल्लाह लिन आवश्यक हुन्छ । आत्तिएर हामीले झ्याप्पै औषधि रोक्न भन्ने हुँदैन । औषधि छोड्दा हुने असरबारे पनि ख्याल गर्नुपर्छ । कोरोनासँग डराउन हुँदैन । डायलाईसिस गरिरहेका संक्रमितहरु पनि निको भएका छन् । रोग लागिहालेमा पनि नडराउनु पहिलो मन्त्र हो । दोस्रो मन्त्र भनेको रोग लागिसकेपछि चिकित्सकसँग सल्लाह लिन भूल्न हुँदैन । तेस्रो मन्त्र जथाभावी औषधि सेवन गर्नुहुँदैन । अन्त्यमा के तपाईंले साँच्चिकै दूरी कायम गर्नुभएको छ ? साँच्चिकै राम्रोसँग मास्क लगाउनु भएको छ ? साँच्चिकै तपाईंले हात धुनु भएको छ ?
यदि सहि तरिकाले त्रिशुल मन्त्र मनन् गरेमा कोरोना सर्ने सम्भावना निकै कम हुन्छ र हामीलाई खुशी र सुखी जीवनयापन गर्न त्रिशुल मन्त्रले मद्धत गर्छ ।
मास्कको महत्व
हामीले लगाउने मास्कले कोरोनाभाइरस एकव्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न दिँदैन । भाइरस फैलिन नदिन मास्कको महत्वपुर्ण भुमिका रहन्छ । प्रायः सर्जिकल र एन ९५ मास्क प्रभावकारी मानिएको छ । दुई तहको कपडाको मास्कले ६० प्रतिशत जति कोभिड छेकेको पाइएको छ । राम्रोसँग लगाउँदा एन ९५ मास्कले ९५ प्रतिशत, सर्जिकल मास्कले करिब ८५ प्रतिशत कोभिड छेक्ने गरेको अध्ययनहरुले देखाएका छन् । जबकी दुई तहको कपडाको मास्क समुदायमा ६० प्रतिशत व्यक्तिले लगाएको खण्डमा पनि कोभिड महामारी लगभग आफैं नियन्त्रण हुने विभिन्न अध्ययनहरुले गरेको सर्बेक्षणहरुले देखाएका छन् । अस्पताललगायत मानिसहरु भिड हुने स्थलहरुमा मास्कको प्रयोग समुचित तवरले गर्नुपर्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

