
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व हेपाटाइटिस विरुद्धको दिवस, नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने तय गरिएको छ ।
यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाइका दिन विश्वभर मनाउन थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाइ २८ देखि मात्र मनाउन थालिएको हो ।
विभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ ।
प्रदूषित पानी, बच्चाको दिशा, रगत, सिरिञ्ज, असुरक्षीत यौन सम्पर्क, आमाबाट बच्चामा गरी यो रोग लाग्ने र सर्ने गर्छ । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसीमका भाइरसहरु रहेको पाईएको छ । हेपाइटाइटिसका कारण वर्षेनी विश्वभर ४० करोड भन्दा बढि मानिस संक्रमित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुई लाख पचास हजार मानिसहरूमा हेपाटाइटिस ‘बि’ र लगभग एक लाख तीस हजार मानिसमा हेपाटाइटिस ‘सी’ अनुमान गरिएको छ ।
डब्लुएचओका अनुसार हेपाटाइटिसबाट हरेक वर्ष १० लाख ४० हजार बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यसमध्ये हेपाटाइटिस “बी” र हेपाटाइटिस “सी” बाट ९० प्रतिशतको मृत्यु हुन्छ, जबकि बाँकी १० प्रतिशत अन्य हेपाटाइटिस भाइरसका कारण हुन्छन ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
