जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोरोनाभाइरस विरुद्धको भेरोसेल खोप लगाइँदै छ। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।
खोप लगाउनका लागि काठमाडौं महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएका छन्। यसअघि छुटेका ५० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउन महानगरले अनुरोध गरेको छ।
ज्येष्ठ नागरिकलाई खोप लगाउन सहज होस् भनेर महानगरका सबै वडामा खोप केन्द्र तोकिएको शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो । उहाँले सूचना जारी गरी खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र वा वडाबाट उमेर प्रमाणित हुने कागजपत्र लिएर आउन आग्रह गर्नुभएको छ ।
आज बिहान १० बजेदेखि बेुलका ५ बजेसम्म खोप लगाइने महानगरले जनाएको छ।


प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

