जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङमा एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो ।
नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७(७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ ।
यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् । यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताउनुभयो । रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
