जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई कोरोना संक्रमण विरुद्धको खोप दिन नसक्ने स्पष्ट पारेको छ ।
यही साउन ३१ गते देखि सुरु हुने परीक्षामा सहभागी हुने विद्यार्थीका लागि खोपको व्यवस्था गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुझाएपनि सम्भव नरहेको मन्त्रालयले जनाएको हो ।
खोप लगाउने लक्षित उमेर समुह तय भईसकेको तथा उनीहरुका लागि आवश्यक दोस्रो मात्राको खोपका व्यवस्था गर्नुपर्ने भएकाले विद्यार्थीले तत्काल खोप नपाउने मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताउनुभयो । करिब ४ लाख विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् ।
यसअघि हिजो बसेको समितिको बैठकले खोपको वास्तविक अवस्था नै नबुझी कक्षा १२ को परीक्षा अगावै विद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
