जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट ९५ सय ५५ नमूना र एन्टिजेन विधिबाट ४६ सय ८७ नमूनाको परीक्षण गराउँदा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २३ सय ३५ नमूनाको पीसीआरबाट र १ हजार ३० नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घन्टामा १३ सय ७३ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोनाबाट बिहीबार थप १६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


