
जनस्वास्थ्य सरोकार । ब्रुफिन, डाइग्लोफेनेट जस्ता पेन किलर औषधिको लामो समयसम्मको सेवनले मिर्गौलामा हाइपरसेन्सिटीभिटी रियाक्सन गरेर एक्युट किड्नी इन्जुरीको समस्या ल्याउन सक्छ । बाथरोगमा लामो समयसम्म दुखाई कम गर्ने (पेनकिलर) औषधिको सेवनले मिर्गौलामा पुग्ने असरलाई एनल्जेसिक नेफ्रोप्याथी भनिन्छ । संसारमा दुखाई कम गर्ने औषधि पेनकिलरको सेवनका कारण सबैभन्दा धेरै मिर्गौला बिग्रिएको पाइएको छ । डायग्लोफेनिक एक चक्कीको सेवनले मिर्गौला बिगार्ने समस्यालाई एक्युट इन्टेस्टिसियल हाइपरसेन्सिटिभिटी इन्स्टेस्ट्रियल नेफ्राइटिस भनिन्छ । लामो समयसम्म औषधिको सेवन गर्नाले पनि मिर्गौला बिग्रने समस्या लाई एनल्जेसिक नेफ्रोप्याथी भनिन्छ ।
पेन किलरको सेवनले सबैको मिर्गौला खराब हुन्छ ?
कमजोर मिर्गौला भएका व्यक्तिले पेनकिलर सेवनले मिर्गौला खराब गर्न सक्छ । शरीरमा पानीको मात्रा कम भएको अवस्थामा पेनकिलरको सेवन गर्नाले पनि मिर्गौला बिग्रनसक्छ । शरीरको आन्तरिक वातावरण बिग्रिएको बेला पेनकिलर जस्ता औषधिहरुको सेवनले मिर्गौलामा असर पार्नसक्छ । मधुमेह र उच्चरक्तचाप भएका व्यक्तिहरुमा पेनकिलरको सेवन गर्नाले मिर्गौलालाई प्रत्यक्ष असर गर्छ ।
मिर्गौलालाई खराब गर्ने औषधिहरुमध्ये पेन किलर अग्रस्थानमा रहेको छ । पेनकिलरको एउटा ट्याब्लेटले र लामो समयसम्म खाइरहनाले पनि खराब गर्नसक्छ । मिर्गौला बिगार्ने दोस्रो औषधि एन्टिबायोटिक्स हो । सबै एन्टिबायोटिक्सले मिर्गौलालाई खराब गर्दैन । सबैभन्दा धेरै इमाइनोग्लाकोसाइट्स जस्ता एन्टिबायोटिक्सले मिर्गौला बिगार्न सक्छ ।
कतिपय व्यक्तिको भित्रभित्रै मिर्गौला फेल भइरहेको अवस्थामा अन्य रोग निराकरणका लागि औषधिको डोज दिँदा मिर्गौला बिग्रनसक्छ । यसरी शरीरमा पानीको मात्राको कमी, रक्तचाप, मधुमेह आदिले कमजोर भइरहेको मिर्गौलामा एन्टिबायोटिक्सको सेवनले मिर्गौला खराब हुनसक्छ । क्यान्सरका लागि प्रयोग गरिने केमोथेरापेटिकजस्ता औषधिहरुको सेवनले पनि मिर्गौलामा बिग्रनसक्छ । यसैगरी कन्ट्रास्ट नेफ्रोप्याथीका कारण पनि मिर्गौला खराब हुनसक्छ । आजकल हरेक चिजका लागि इन्ट्राभेनस पाइलोग्राम, सिटी, एन्जिओग्राम जस्ता विभिन्न खालका एक्सरेहरु गर्ने प्रचलन छ । यसले पनि मिर्गौलालाई हानी पुग्नसक्छ । यस्तो अवस्थामा शरीरमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ । मधुमेह र संक्रमणहरु नियन्त्रण गर्नुपर्छ ।

औषधिमा प्रयोग गरिने प्रिजर्भेटिभहरुले पनि बेलामौकामा मिर्गौलालाई खराब गर्न सक्छ । औषधिको स्टोरेज र प्याकेजिङ नमिल्नाले पनि शरीरलाई हानी पु¥याइरहेको हुन्छ । यस्ता धेरै कारणले मिर्गौलालाई अफ्ट्यारोमा पारिरहेको हुन्छ । यसमा एक्युट किड्नी इन्जुरी पनि हुनसक्छ वा बिस्तारै बिग्रने एनल्जेसिक नेफ्रोप्याथी पनि हुनसक्छ ।
शरीरको आन्तरिक वातावरण मेन्टेन गर्ने काम मिर्गौलाले गर्छ । मिर्गौलाले आवश्यक पानीको मात्र मिलाउने, अनावश्यक पानी बाहिर निकाल्ने, शरीरमा आवश्यकपर्ने सोडियम, लवण, पोटासियम, क्याल्सियम, म्याग्नेसियम जस्ता पदार्थहरुलाई मिर्गौलाले मिलाएर राख्छ । शरीरमा गएको औषधिहरुमध्ये कुनैमा सोडियम साल्टको मात्रा बढी हुन्छ भने कुनै मेडिसिनमा पोटासियम साल्टको मात्रा बढी हुन्छ । यसले शरीरको आन्तरिक वातावरण खलबल्याउँछ र यसको भार मिर्गौलामा पर्छ । यसर्थ मिर्गौलालाई काम गर्न गाह्रो पर्छ ।
चिकित्सकको सिफारिस बिना शरीरको दुखाई कम गर्ने सबैभन्दा सुरक्षित औषधि पारासिटामोल हो । यसबाहेक कोडोमोल जस्ता औषधिहरु पनि सेवन गर्न सकिन्छ । औषधि बाद्यताले मात्र खाने गरिन्छ कुनै रहरले होइन । त्यसैले सम्बन्धित डाक्टरको सल्लाहअनुसारमात्र औषधिको सेवन गर्नुपर्छ । यसका साथै औषधिको सेवनसँगै प्रयाप्त पानी पिउन जरुरी हुन्छ ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
