जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप तीन हजार १२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ६२ हजार ४३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३ हजार १९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु संख्या ९ हजार ८९८ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका छन । हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
यस्तै हालसम्म पहिलो मात्रा ४१ लाख ६३ हजार २५१ र पूर्ण मात्रा २० लाख २११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
