
जनस्वास्थ्य सरोकार, मुस्ताङ । मुस्ताङमा पनि १८ वर्ष माथिका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।
योसँगै मुस्ताङ १८ वर्ष भन्दा माथिका सबै नागरिकले खोप लगाउने दोस्रो जिल्ला बनेको छ । यसअघि मनाङले १८ वर्ष माथिका सबैलाई कोरोना खोप लगाइसकेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप लगाइएको छ ।
मुस्ताङमा विभिन्न क्षेत्रमा काम गर्न बाहिरी जिल्लाबाट पुगेका २ सय १३ नागरिकलाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै मुस्ताङमा पूर्ण खोप पाउनेको सङ्ख्या ९ हजार ५१३ रहेको छ ।
मुस्ताङमा ६ हजार ७ सय २१ जनाले जोनसन एण्ड जोनसनको खोप लगाएका हुन् भने, ३२० जनाले भेरोसेल खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी २ हजार ४ सय ७२ जनाले कोभिशिल्ड खोपको पूर्ण डोज लगाएका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


