जनस्वास्थ्य सरोकार, धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चरम आर्थिक अनियमितताको आरोप खेपेका पदाधिकारीलाई हटाउने प्रक्रिया आजै सुरु हुने भएको छ ।
प्रतिष्ठानको शुद्धीकरण अभियान २०७८ संयुक्त संघर्ष समितिको माग बमोजिम उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहमत भएको हो ।
स्वास्थ्य मन्त्रालय र प्रतिष्ठानको संघर्ष समितिबीच आज ६ बुँदे सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने उल्लेख छ ।
त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव तथा अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आजै छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।
सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । काठमाडौंमा पनि अभियानले प्रदर्शन गरेको थियो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
