
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वभर नै कोरोना भाइरसको संक्रमण फेरि उच्च गतिमा बढ्न थालेको छ । केही समय अघि सम्म संक्रमण दर निकै तल झरेको अमेरिकामा विश्वमै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा अमेरिकामा मात्रै १ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना विरुद्धको खोप सहजै उपलब्ध भए पनि खोप लगाउनेहरुको संख्या भने न्युन छ ।
अमेरिकीहरुले खोप नलगाएकाले कतिपय राज्यले खोप लगाउनेलाई १ देखि २ सय डलर दिने आकर्षक कार्यक्रम समेत ल्याएका छन् ।
एसियाली र अफ्रिकी गरिब मुलुकहरुमा भने खोपलाई नागरिकहरु संघर्ष नै गरिरहेका छन् । संक्रमण दर घटेका युरोपेली र एसियाली मुलुकमा पनि संक्रमण दर बढिरहेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा ४२ हजारभन्दा बढि नयाँ संक्रमित थपिएका छन् । यसै गरी ब्राजिलमा एकै दिनमा संक्रमित हुनेको संख्या ४० हजारभन्दा बढी छ ।
यसै गरी इरानमा ३९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने इन्डोनेसियामा पनि एकै दिनमा संक्रमित हुनेको संख्या ३५ हजारभन्दा बढी छ ।
बेलायत र फ्रान्समा पनि पछिल्लो २४ घन्टामा मात्रै २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । युरोपेली र अमेरिकी मुलुकहरुमा संक्रमणको चौथो लहर शुरु भएको संकेत देखिएको छ भने एसियाली मुलुकहरुमा तेस्रो लहरको खतरा बढेको छ । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
