जनस्वास्थ्य सरोकार, काठमाडौंँ । कोरोना विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गते (आज ) बसेको सचिव स्तरीय बैठकले पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउने निर्णय गरेको हो ।
भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट भोली र पर्सि गरि ८ लाख डोज एष्ट्रेजेनेकाको खोप आउँने भएपछि पहिलो डोज लगाउका जेष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागिएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँले खोप लगाउँन जादा सबैले अनिवार्यरुपमा पहिलो मात्राको खोप कार्ड लिएर आउन अग्रह समेत गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


