जनस्वास्थ्य सरोकार, काठमाडौँ। देशभर २,५४८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,३७८ जनामा परीक्षण गर्दा २,५४८ जनामा संक्रमणको पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय कारोना संक्रमितको संख्या ३५,४८५ भएको छ । पछिल्लो २४ घण्टामा २०२९ जना निको भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सघन उपचार कक्षामा ८०२ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा १८१ जनाको उपचार चलिरहेको छ ।
संक्रमित मध्य ३१,९६३ जना होम आइसोलेसनमा र ३५२२ जना संस्थागत आइसोलसनमा छन् । ४७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


