जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र यति एअरलाइन्स तथा तारा एअर बीच एयरक्राफ्ट मार्पmत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै अस्पतालमा पाइलट र क्याबिनक्रियु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि—हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरिएको छ ।

नेपाल मेडिसिटीका प्रि हस्पिटल केयर तथा आकस्मिक उपचार विभागप्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा रक्षा अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा यति तथा तारा एयरका १५ जनाकर्मचारी सहभागी रहेका थिए । देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको अस्पतालका महाप्रवन्धक बिजय रिमालले जानकारी गराउनुभयो ।
हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालीन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

द्विपक्षीय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।
देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्न सक्ने आशा राखिएको छ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती तथा तारा एअरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुने अस्पतालले जनाएको छ ।





छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
