जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो टेष्टट्युब बेबी ओममणि तमाङ इन्जिनियर बन्ने उद्देश्यका साथ काठमाडौंको बालकुमारीस्थित क्यापिटल कलेज अफ रिसर्च सेन्टर (सिसिआरसी) मा कक्षा ११ मा भर्ना भएका छन् । उनले साइन्स विषय (फिजिक्स) लिएर अध्ययन गर्दैछन् ।

सेन्ट जेभियर्स स्कुलबाट उनी यस वर्ष (२०७८) को इसईई परीक्षामा सामेल भएका थिए । उनले ए पोजिसन ल्याएका छन् । बिद्यालयले लिएको दोस्रो र फाइनल टर्म दुवै परीक्षामा कोभिड संक्रमित भएका कारण सामेल हुन नसकेकाले सोचेजस्तो नम्बर प्राप्त नभएको ओमणिकी आमा सन्ध्या तमाङले बताउनुभयो ।
नेपालमा २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभिएफ सेन्टरबाट बुबा राजेन्द्र तमाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेष्टट्युब बेबीका रुपमा ओमणिको जन्म भएको थियो । हाल उनी १७ वर्ष पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


