
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गरिएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले उपत्यकामा भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
यस्तै उक्त बैठकले उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक पनि लगाएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाका अनुसार राति पनि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइएकोले ८ बजेपछि सार्वजनिक तथा निजी सवारीलाई रोक लगाइएको बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


