
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ।
विभिन्न प्रयोगशालामा ५९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १७ सय १० जनामा र १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३१ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। मंगलबार २१ सय १५ जना कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म ३७ हजार ३३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ३८१ जना क्वारेन्टाइनमा र ३३ हजार ९८५ जना होम आइसोलेसनमा र ३३ सय ४७जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
७७१ जनाको आइसीयू र १७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ
