जनस्वास्थ्य सरोकार, कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ कोभिशिल्ड, भेरोसेल र ‘जोन्सन एण्ड जोन्सन’ गरी तीन प्रकारका खोप विभिन्न समयमा लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार २२४ जनाले कोभिशिल्ड खोप लगाएकोमा ६ हजार ७४० जनाले मात्रै पूर्ण खोप ९दुवै मात्रा० लगाएको जानकारी दिए । त्यसैगरी ३९ हजार ६९५ जनाले भेरोसेल खोप लगाएकोमा सात हजार ५७० जनाले मात्रै खोपको दुवै मात्रा लगाएको खोप प्रमुख कुँवरले बताउनुभयो । ।
त्यसैगरी जोन्सन एण्ड जोन्सन खोप २७ हजार चार सय जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।“ कोभिशिल्डको दोस्रो मात्रा साउनको अन्तिम साता आइपुग्ने बताइएको छ ।” उहाँले भने,“भेरोसेलको दोस्रो मात्रा भदौ दोस्रो सातादेखि लगाइने तयारी छ ।”
विसं २०६८ को राष्ट्रिय जनगणना अनुसार कञ्चनपुरको कूल जनसङ्ख्या चार लाख ५१ हजार २४८ रहेको छ । तीमध्ये नौ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण कञ्चनपुरमा हालसम्म १८७ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
“हामीकहाँ खोप राख्ने क्षमता दश हजार डोज मात्रै हो”, खोप प्रमुख कँवरले भन्नुभयो, “खोप राख्नका लागि नयाँ कोल्ड रुम बनाउने गृहकार्य भइरहेको छ ।” रासस
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
