जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
