जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल प्रसुती तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) ले गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई तत्काल कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ ।

अन्तराष्ट्रिय अध्ययनहरुले कोरोना विरुद्धको खोपले गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने देखाएको र गर्भवती महिलाहरुको जीवन रक्षाका लागि खोप अपरिहार्य भएकाले उनीहरुलाई खोपको प्राथमिकतामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग नेसोगले आग्रह गरेको हो ।
आगामी दिनहरुमा सरकारले भ्याक्सिन उपलब्ध गराउने लक्षित समूहमा गर्भवती र स्तनपान गराइरहेका (दुई बर्षसम्मका काखे बालक भएका) महिलालाई समेत समेटी प्राथमिकतामा राख्न र छुट्टै खोप केन्द्रको व्यवस्था गर्न सुझाव दिएको छ ।
‘मुलुकका केही गर्भवती महिलाहरुमा पनि कोभिड १९ संक्रमण फैलिरहेको र यसले उनीहरुमा अझै गम्भीर रुप देखाइरहेको छ ।’—नेसोगको विज्ञप्तिमा भनिएको छ—‘यसबाट गर्भवती महिलाहरु मात्र नभई उहाँहरूको गर्भमा रहेको शिशुलाई समेत असर पर्न सक्ने देखिन्छ ।’
गर्भवती महिलाहरुमा खोप (भ्याक्सिन) को प्रयोग बारे ठ्याकै कुनै निर्देशिकाहरू नभए पनि विभिन्न देशमा गरिएका अध्ययनहरूले गर्भवती महिलाहरुमा पनि कोभिड विरुद्धको खोप प्रयोग गर्न सकिने देखाएको वरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ एवं नेसोगका अध्यक्ष प्रा.डा. गणेश दंगालले बताउनुभएको छ । गर्भवती महिलाहरुले खोप केन्द्रमा गएर अविलम्ब खोप लगाउन सिफारिस गरिएको छ । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षामा मद्धत पुग्ने प्रा.डा. दंगालले स्पष्ट पार्नुभयो ।
नेपाल, भारत,अमेरिका र बेलायतमा पनि प्रसुति सम्बन्धि चिकित्सकहरूको विभिन्न संस्थाहरुले कोभिड १९ विरुद्धको खोप गर्भवती महिलाहरुमा प्रयोग गर्न सिफारिश गरेका छन् ।
अहिलेको यस विषम परिस्थितिमा विश्व नै कोभिड १९ संक्रमणबाट आक्रान्त छ । कोरोना विरुद्धको खोप नै यस घातक रोगबाट बच्ने उपाय हो ।सरकारले विभिन्न देशहरुबाट भ्याक्सिन आयात गरी विभिन्न लक्षित समूहहरू पहिचान गर्दै खोप लगाइरहेको सन्दर्भमा नेसोगले सरकारलाई धन्यवाद दिएको छ ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
