जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वविद्यालयस्तरीय परीक्षमा सामेल हुने विद्यार्थीहरुलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार साउन ३० गतेसम्म प्रवेश पत्रका आधारमा उनीहरुलाई खोप दिन शुरु गरिएको हो ।

काठमाडौंमा प्रहरी अस्पताल पानीपोखरी, विरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप केन्द्रको व्यवस्था मिलाइएको छ ।
यसैबीच स्वाथ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालयस्तरीय परीक्षामा सामेल हुने बिद्यार्थीहरुलाई खोप उपलब्ध गराउन ७ प्रदेशका जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयस्तरीय परीक्षामा ६० लाख विद्यार्थीहरु सहभागी हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


