जनस्वास्थ्य सरोकार । जर्मनीमा कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप भनेर ८ हजार बढीलाई नुनपानी लगाइएको खुलेको छ । बीबीसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा एक स्वास्थ्यकर्मीले कोरोना विरुद्धको खोपको साटो नुनपानी लगाइदिएकी हुन् ।
उक्त घटना मार्च र अप्रिलमै सार्वजनिक भएको थियो । त्यो बेला ६ जनलाई मात्रै नुनपानी दिइएको बताइएको थियो । आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई नुनपानी दिएको स्वीकार गरेकी थिइन् ।
तर, प्रहरीकाे अनुसन्धानले ८ हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोपमा नुनपानी दिइएको पुष्टि गरेको छ । फाइजरको खोप लगाउने धेरै मानिसलाई ती स्वास्थ्यकर्मीले नुनपानी लगाइदिएको प्रहरीको ठहर छ ।
कोरोना विरुद्धको साटो नुनपानी लगाएको प्रहरीले पुष्टि गरेपछि त्यहाँका अधिकारीहरूले ८ हजारभन्दा धेरैलाई खोप दोहोर्याउन आग्रह गरेका छन् । उक्त खोप लगाउनेमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका बताइएको छ ।
तर, ती स्वास्थ्यकर्मीका वकिलले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । अहिलेसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन ।
क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३,६०० जनाले मात्र खोप दोहोर्याउनका लागि तयार भएको बताइएको छ । बीबीसी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
