जनस्वास्थ्य सरोकार । बेलायतका वैज्ञानिकहरुले निकै संक्रामक मानिएको डेल्टा भाइरस कोरोनाविरुद्धको खोप र स्वास्थ्यका मापदण्ड अपनाएमा कम हुने वैज्ञानिक तथा चिकित्सकले विश्वास व्यक्त गरेका छन् । पहिलो र दोस्रो डोज खोप पाएका बेलायती वयस्कमा ९० देखि ९४ प्रतिशत रोगसँग लड्ने क्षमता विकास भएको उनीहरुको दाबी छ ।
खोप कार्यक्रमले अस्पतालमा भर्ना हुने बिरामी तथा मृत्यु हुने सम्भावना कम गरेको छ । यस्तै अस्पतालमा बिरामी भर्ना हुनेको संख्या पनि ओरोलो लाग्दै गरेको देखिएको बताइएको छ । गत जनवरीमा दैनिक ४ हजार २ सय जना बिरामी भर्ना हुने गरेकामा हाल साढे सात सयको हाराहारी मात्रै भर्ना हुनेको गरेको देखिन्छ ।
यस्तै मृत्युदर पनि घटेको बताइएको छ । गत जनवरीमा दैनिक १२ सयको मृत्यु हुने गरेकोमा हाल ९० जनाको हाराहारीमा मृत्यु भइरहेको तथ्याङ्क छ । बेलायतका लगभग ९० प्रतिशत ज्येष्ठ नागरिकहरुले खोपको पहिलो डोज लगाइसकेका छन् भने ७५ प्रतिशतले दुवै मात्राको खोप पाएका छन् । त्यसैगरी ८९ प्रतिशत वयस्कले पहिलो डोजको खोप पाएका छन् भने ७५ प्रतिशतले दोस्रो डोजको खोप पाइसकेका छन् । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
