जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई घरम गएर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रबार सो आदेश जारी गरेको हो । ज्येष्ठ नागरिकलाई कोभिड खोप सहजताको माग गर्दै अधिवक्ता प्रवेश केसीले मुद्धा दायर गर्नुभएको थियो ।
खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घ रोगीहरु तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरुलाई घरमा गएर खोप सेवा दिन आदेशमा भनिएको छ । मुद्धामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


