
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका औषधि उत्पादक उद्यमीहरुको छाता संगठन नेपाल औषधी उत्पादक संघमा फार्मेसी विज्ञ वरिष्ठ फर्मासिष्ट प्रज्वल जंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
पाण्डे नेपाल फार्मेसी काउन्सिलको अध्यक्षसमेत हुनुहुन्छ । काठमाडौंमा सम्पन्न संघको २७ औं वार्षिक साधारण सभाले पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष वराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रुङ्रगता र सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खेँगुली, दिपक तिर्वेवाल, सुदिप प्रधान र गणेश पाठक रहनुभएको छ ।
यसअघि जि नारायणबहादुर क्षेत्री अध्यक्ष हुनुहुन्थ्यो ।







प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


