
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशक रोशनीलक्ष्मी तुईतुईलाई सरुवा गरेको छ ।
मन्त्रालयले तुईतुईलाई बीर अस्पतालमा सरुवा गरेर महाशाखाको निर्देशकको जिम्मेवारी प्रा. गोमा निरौलालाई दिएको छ। निरौला वीर अस्पतालमा नर्सिङ प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै कान्ति बाल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. बद्री रिजाललाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ । उहाँलाई निर्देशक बनाउने तयारी रहेको स्रोतले जनाएको छ । उहाँ नेपाल चिकित्सक संघका महासचिव समेत हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


