जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा ३ हजार २७४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यसैगरी आज काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ जना थपिएका छन्।
पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन्।
त्यसैगरी संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

