जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले खोप लगाएपछि मात्र परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी गरेको जनारकारी दिनुभयो ।
तीन लाख ७४ हजार जना विद्यार्थी मध्ये अधिंकाशलाई खोप दिने तयारी छ । १८ बर्ष उमेर नपुगेका ८४५ जना विद्यार्थीलाई भने खोप लगाइने छैन ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ ।
देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीनरचार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।
सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एकरदुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ ।
विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप लगाउने प्रबन्ध मिलाइने छ । कक्षा १२ का सबै विद्यार्थीको प्रवेशपत्र विद्यालयमा उपलब्ध गराइसकेकाले यसमा थप कुनै समस्या नहुने बोर्डको बुझाई छ ।
यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । खोप लगाइसकेपछिको अवस्थामा भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न धेरै सहज हुने बोर्डका पदाधिकारीको भनाइ छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
