जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले कोभिड रोकथाम तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उच्चस्तरीय समिति गठन गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल समितिको उपाध्यक्ष हुनुहुन्छ । समितिको सहउपाध्यक्षमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई राखिएको छ ।
यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनी सदस्य हुनुहुन्छ ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई सदस्यसचिव राखिएको छ । समितिको सचिवालय सञ्चालनका लागि कार्य समूह गठन भएको छ।
डा. गुणनिधि शर्माको संयोजकत्वमा गठित कार्य समूहमा यशोदा अर्याल, भिमप्रसाद सापकोटा, डा अमृत पोखरेल र रविकान्त मिश्र सदस्य हुनुहुन्छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
