जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप १९२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा २२४८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.४ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार १९६ जना रहेका छन् भने होम आइसोलेसनमा ३५ हजार ५५५ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ६८१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ४२१ जना क्वारेन्टाइनमा छन् ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
