जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे १० हजार नाघेको छ । तीमध्ये ५४ प्रतिशत ६० वर्ष र त्योभन्दा माथिको उमेरका हुन्
। यस्तै कोभिडले ४० देखि ३९ वर्षको उमेर समूहका ३५ सय ६२ जनाको मृत्यु भएको छ । यो भनेको ३४ प्रतिशत हो । कोभिडले ज्यान गुमाउनेमध्ये साढे ११ प्रतिशत २० देखि ३९ वर्ष उमेरका हुन् ।
मृतकको संख्या दिनहुँ बढिरहेपनि सरकारले कोभिडविरुद्धको खोप अभियानलाई भने तिब्रता दिन सकेको छैन । अभियान सुस्त भएकैले साढे २२ लाख डोजभन्दा बढी खोप सरकारी भण्डारणमा थुप्रिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आइतबार जम्मा १८ हजार ३ सय जनालाई खोप लगाइएको छ । विभिन्न व्यावसायिक क्षेत्रबाट खोपको माग बढिरहेका बेला अभियानलाई तिब्रता दिनुको साटो भण्डारणमा थुपारेपछि मन्त्रालयको आलोचना बढेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ
२
