जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।
पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई भदौ ११ गते १३ गतेसम्म दोस्रो मात्रा दिइने काठमाडौं महानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
महानगरका ३२ वडामै खोप दिइने उल्लेख छ । काठमाडौं जिल्लामा भेरोसेलको पहिलो मात्रा लगाएका २ लाख १६ हजार जनालाई दोस्रो मात्रा लगाइने भएको छ ।
भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


