
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको उपचारका क्रममा बिहीबार दिउँसो करिब १ बजे बयोधा अस्पतालमा निधन भएको हो ।
मङ्गलबार घरमा एक्कसि लड्नुभएपछि उपचारका लागि उहाँलाई वयोधा अस्पताल लगिएको थियो । जनसांस्कृतिक सहासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएको टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी हुनुहुन्थ्यो ।
उहाले वि.सं. २००१ कार्तिक १५ गते धरानको पुरानो बजारमा कृष्णबहादुर खड्गी र माता दानदेवी खड्गीका जेठो सन्तानका रुपमा जन्म लिनुभएको थियो ।
२०२१ सालमा पिताको निधन भएपछि उहाँले आफ्नो नामको पछाडि टुहुरे जोड्नुभएको थियो । उहाँको परिवार २००७ सालमा मोरङको मधुमल्लामा बसाई सरेर आएको थियो । उहाँले २०१७ सालमा सुनसरी सिमरियाकी सत्यदेवीसँग मागी विवाह गर्नुभएको थियो ।
जेबीले गाएको गीत ‘आमा दिदी बहिनी हो’, ‘छोराहरु हो, छोरीहरु हो बीर छोरा छोरी हो’, ‘दुःखको बोझलाई बिसाउन चौतारी बनाउँ है’ लोकप्रिय छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
