
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारी अस्पतालमा पनि सिजरिन विधिबाट प्रसूति गराउने क्रम बढेको छ । परोपकार तथा स्त्री रोग अस्पतालमै ३५ प्रसूति सिजरिन विधिबाट गराएको पाइएको हो ।
महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार प्रसूति गृहले आर्थिक वर्ष २०७६र ७७ मा २२ हजार ४ सय ६१ जनालाई प्रसूति गराएको थियो । तीमध्ये ५३ दशमलव ६ प्रतिशतलाई सामान्य र ४६ दशमलव ३ प्रतिशतलाई असामान्य प्रसूति गराइएको हो ।
३५ दशमलव ३ प्रतिशतलाई सिजरिन विधिबाट प्रसूति गराइएको प्रतिवेदनमा उल्लेख छ । यो विश्व स्वास्थ्य संगठनले तोकेभन्दा २० प्रतिशत बढी हो ।
तीन वर्षको तथ्यांकले सिजरिन विधिबाट प्रसूति गराउने क्रम बढेको देखाएको छ । आर्थिक वर्ष २०७४ र ७५ मा प्रसूति गृहमा २९ दशमलव ४ र २०७५र७६ मा ३३ प्रतिशतलाई सिजरिन विधिबाट प्रसूति गराइएको थियो ।
विश्व स्वास्थ्य संगठनले बढीमा १५ प्रतिशतसम्मको सिजरिनलाई आइडल दर भनेको छ । उसको अध्ययनले सिजरिन विधिबाट प्रसूति सेवा दिंदा आमा र बच्चामा अल्पकालीन तथा दीर्घकालीन असर पर्न सक्ने औंल्याएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
