
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना विरुद्धका दुवै मात्रा खोप लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टीबडी बनेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको एक मात्रा खोप लगाएका व्यक्तिहरूमा ८० प्रतिशत र दुवै मात्रा लगाएका व्यक्तिहरूमा ९० प्रतिशत एन्टिबडी देखिएको हो ।
सरकारले गरेको राष्ट्रिय सेरोप्रिभ्यालेन्स सर्वेक्षणमा असार २१ गतेदेखि साउन ३० गतेसम्म सङ्कलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको नमुनाको परिक्षण गरी विश्लेषण गरिएकोमा ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टीबडी देखिएको प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।
यस सर्वेक्षणबाट सातै प्रदेश, हिमाल, पहाड, तराई, सबै उमेर समूहमा समान किसिमको एन्टीबडी देखिएको मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसले रूप परिवर्तन गरिरहने जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह समेत गरेको छ ।
सरकारले कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्थानीय तहसँग सम्पर्क गरी निःशुल्क परीक्षण गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
