जनस्वास्थ्य सरोकार, दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झन्डै ३ सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु काम छोडेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
डाक्टर सिंहमाथि भएको अभद्र व्यवहारको निजी अस्पतालका चिकित्सकहरूले पनि विरोध गरेका छन् । घटनाका दोषीलाई तत्काल कारबाही नगरे इमेरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष कुवेर रेग्मीले चेतावनी दिनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले दोषीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सह–संयोजक दिवस क्षेत्रीको समूहले तीनदिन अघि मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
