जनस्वास्थ्य सरोकार, पेरिस । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका छन ।

सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ ।कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।
गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो ।
विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।
यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो । गत बर्षको तुलनामा जनवरी देखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ ।
विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । धनी र गरिब राष्ट्रहरूबीच खोपको उपलब्धतामा ठूलो असमानता रहेको गुनासाहरू पनि आएका छन् ।
अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रति १०० जना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा १११ जनामा सात जनाले कोभिड–१९ विरुद्धको एउटा खोप लिएका छन् ।
डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आएपनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ ।
अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययन अनुसार, संक्रमण विरुद्ध फाइजर/बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा सङ्क्रमण दर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापि कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् । एएफपी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
